११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर पाटन क्याम्पसमा अध्ययनका लागि भिसा लिएका विदेशी दम्पत्ती नेपालबाट निष्काशित


२२ पुस २०७७, बुधबार  

0
Shares


२२ पुस ०७७, ललितपुर । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका एक दम्पत्तीलाई सरकारले निष्काशन गरेको छ । गृह मन्त्रालयले प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका दम्पतीलाई निष्काशन गरेको हो । मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै निष्काशन गरेको हो ।

अध्यागमन विभागका अनुसार उनीहरु पुस २६ मा फर्किन लागेको जानकारी दिए । दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् ।

धर्म प्रचार गरेको पुष्टि भएपछि निष्काशन गर्न प्रक्रिया अघि बढाउन लाग्दा उनीहरूले अध्यागमनका कर्मचारीलाई अदालत जाने धम्की दिएका थिए ।

मन्त्रालयले यसअघि फिलिपिन्स, जापान, अस्ट्रेलियालगायतका ७ विदेशीलाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि निष्काशन गरेको थियो ।

पाटन क्याम्पसमा अध्ययन गर्न भिसा लिएका पछिल्ला दुई विदेशी २०७५ सालदेखि पाँचथर फिदिममा बस्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय पाँचथरले उनीहरूको शंकास्पद गतिविधिबारे मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पत्राचार गरेको थियो ।

पाटन क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि तीन वर्षदेखी पाँचथरमा बस्दै आएका थिए । वाल्टर स्भेन पास्टर हुन् । वाल्टरले पाँचथरमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने र त्यस्ता कार्यक्रमबाट पनि प्रत्यक्ष समुदायमा गएर इसाइ धर्म परिवर्तन गराउँदै आएका थिए ।

खेलुकुदका कार्यक्रम गराउने र वाध्यवादन सिकाउने वहानामा बेल्जियन दम्पतीले सहजै आर्थिक अवस्था कमजोर भएको समुदायमा पुगि विभिन्न प्रलोभनमा पारी इसाइ धर्म परिवर्तन गराउन बाध्य पार्दै आएका थिए ।

भिसा दुरुपयोग गरि विदेशी नागरिक धर्म प्रचारलगायत शंकास्पद गतिविधिमा संलग्न हुन थालेपछि विभागले प्रभावकारी अनुगमन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : ०० बजे