११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘मेलम्ची आयोजनाका कारण काठमाडौंमा प्रदुषण’


२३ पुस २०७७, बिहिबार  

0
Shares

२३ पुस ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची आयोजनाको काम नसकिदा काठमाडौंमा धुँवा र धुला नियन्त्रण नभएको बताएका छन ।
काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध को सम्झौंताको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले काठमाडौको प्रदुषणका विषयमा यो विचार व्यक्त गरेका हुन् ।
‘अहिले काठमाडौंमा जताततै खनिएका सडक मेलम्ची खानेपानी आयोजनाको हो । यो आयोजनाका कारण काठमाडौंमा धुँवा र धुलो नियन्त्रण भएन ।’ मेयर विद्यासुन्दर शाक्यले भने ।
कार्यक्रममा महानगर मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरका मेयर डम्वरबहादुर अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
मेलम्ची नगर र काठमाडौं महानगरबीच भगिनी सम्बन्धको हस्ताक्षरपछिमेयर शाक्यले खुसी व्यक्त गर्दै भने, ‘ दुई नगरबिच लामो समयदेखिको सम्बन्धले पूर्णतापाएपछिदुवै नगरका स्थानीयबासीले फाइदा लिनेछन् ।’
दुई नयरबीचको भनिनी सम्बन्धलाई उपभोग गरेर फाइदा लिन सक्ने पर्याप्त आधार रहेकाले सम्बन्ध स्थापित भएको कार्यक्रममा बताइएको थियो ।
काठमाडौं महानगरले मेलाम्ची खानेपानी आयोजनाका लागि मेलम्ची नगरको सहयोग रहने आशा गरेको मेयर शाक्यले विश्वास व्यक्त गरे ।
भागीनी सम्बन्धमा हस्ताक्षरसँगै मेलम्ची सिटी पार्क निर्माणको सम्झौतामा पनि हस्ताक्षर गरिएको थियो । मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजारसँगै इन्द्रावती नदीको किनारमा बन्ने यस पार्कमा पर्यटक विश्रामस्थल, हेलिप्याड, पानीको फोहरा, बालबालिकाले खेल्ने ठाँउ र खेलकुद स्थल समेत बन्नेछ ।
मेलम्ची नगरपालिका प्रमुख अर्यालले काठमाडौसँग मेलम्चीको सहरीकरण तुलना हुन नसके पनि आपसी सहयोगमा सहकार्य गरिने बताए ।
‘मेलम्ची आयोजनाको विषयमा मेलाम्चीका मेयर अर्यालले भने, ‘मेलाम्चीँको पानी काठमाडौं पठाएपछि बेलाम्चीबासीले सरकारसँग क्षतिपूर्ति को आशा गरेका छन् ।’
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनीअनुसार संघीय राजधानी काठमाडौं जिल्लामा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध अघि बढाइएको हो ।
ले महानगरको ५२ औँ कार्यपालिका बैठकको निर्णयअनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताउदैै भनिन,‘ महानगरले फोहोर व्यवस्थापन धुँवा, धुलो नियन्त्रणलगायत पूर्वाधार विकाशका लागि अन्य नगरसँग सहकार्यका गरी भगिनी अघि बढाएको हो ।’
काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको समेत कार्यक्रममा उपस्थिति थियो ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ७ : २० बजे