११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर शर्मा निलम्बनमा


२३ पुस २०७७, बिहिबार  

0
Shares

२३ पुस ०७७, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो।
कलंकी क्षेत्रमा भएको दुर्घटनाको घटना मिलापत्र गराउन १५ हजार रुपैयाँ घुस लिएको अरोप शर्मामाथि लागेको छ। शर्माले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन्। घुस लिएको भन्ने रिपोर्टिङ वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शर्मालाई नियन्त्रणमा लिएको थियो । शर्मा वृत्त थानकोटको मुद्दा फाँटमा कार्यरत थिए।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  २ : २४ बजे