११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा सीसीटीभी क्यामराजडित भेइकल परिचालन


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्नेमाथि निगरानी गरि कारबाही र सचेत बनाउन ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ ।
उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न आइतबारदेखि सीसीटीभी क्यामराजडित भेइकल परिचालन गरिएको हो।
कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सकिने बताए ।
पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने बताए ।
भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ ।
यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही गर्न र थप सचेत जगाउन सहयोग हुने अपेक्षा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ४९ बजे