११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरीलाई कुट्ने युवक पक्राउ


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, भक्तपुर । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका(२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
७ बर्षिया बालिकालाई जबरजस्तीको आरोमा बृद्ध पक्राउ
कास्की, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी कालिगण्डकी गाउँपालिका(४ घर भई पोखरा महानगरपालिका(२६ चापाचौरमा ज्याला मजदुरी काम गर्ने ५७ वर्षीय पुर्ण बहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई पक्राउ गरेको हो ।
सुनसरी, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका १७ घर भएका ५५ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै मावली बाजे नाता पर्ने ती पुरुषले बालिकालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १० बजे