११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर पाण्डुबजारमा आगलागी, पाँंच वटा पसल जलेर नष्ट, १२ लाख बढीको क्षति


२७ पुस २०७७, सोमबार  

0
Shares

फाइल तस्बिर

२७ पुस ०७७, भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको छ । स्थानीय ५५ वर्षीय रामकृष्ण चौगुठीको एकतले कच्ची जस्ताको टहरामा बस्ने भोजबहादुर धिसिङले संचालन गरेको मासु पसलबाट आगोलागी शुरु भएको थियो । नजिकैको पाँंच वटा पसलहरु पनि जलेर नष्ट भएका छन् । स्थानीय, दमकल र प्रहरी टोलीको संयुक्त सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ ।आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन जाँदा अदाजी १२ लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको अनुमान गरिएको छ ।

आगालागीबाट भक्तपुर सुर्यबिनायक नगरपालिका ६ पाण्डुबजार बस्ने रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को यामाहाको मोटरसाइकल समेत जलि अन्दाजी ६ लाख बराबरको क्षति भएको जनाइएको छ । यस्तै सोही स्थान बस्ने भोजबहादुर धिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि अन्दाजी दुई लाख बराबरको क्षति भएको जनाइएको छ ।

साथसाथै सोही स्थान बस्ने नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुर्सी, र अन्य सामानहरु समेत जलि अन्दाजी दुई लाख र बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु जलि अन्दाजी साठी हजार बराबरको क्षति भएको जनाइएको छ । साथै आगलागीबाट सोही स्थान बस्ने नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलि अन्दाजी दुई लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ५६ बजे