११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं कुलेश्वरबाट १ किलो अफिमसहित २ जना पक्राउ(अपराध समाचारहरु)


२७ पुस २०७७, सोमबार  

0
Shares

प्रतिकात्मक तस्बिर

२७ पुस ०७७, ललितपुर । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित होटेलबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका(४ राकसखोला ठेगाना भएका ४५ वर्षीय तिर्थ बहादुर गोले र भोजपुर टेम्केमैयुङ् गाउँपालिका–८ लेखर्क ठेगाना भएका ३० वर्षीय प्रकाश सुयल रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैबीच नुवाकोट सूर्यगढी गाउँपालिका–३ टहरेचोक बस्ने ७० वर्षीय जनकनाथ सापकोटाको बागेश्वरी कृषि फर्ममा परालमा आगो सल्किएर आइतबार राति आगलागी हुँदा नगद ५० हजार रुपैयाँ र फर्म पूर्णरूपमा जलेर करिब १० लाख रुफैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने लाल बहादुर खड्काको घरबाट १ थान टिभि, सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३४ हजार रुपैयाँ बरारबको धनमाल आइतबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्या ई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्रिछ प्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो ।

ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १ : २९ बजे