११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर शंखुमा आगलागीबाट १५ लाख ८१ हजारको क्षति


२८ पुस २०७७, मंगलबार  

0
Shares

आजलागीबाट क्षतिग्रस्त घिमिरेको घर । तस्विर : सरगम शर्माको फेसबुकबाट

२८ पुस ०७७,शंखु ललितपुर । कोन्ज्योसोम गाउँपालिका २ शंखु भलडाडाँ बस्ने राम प्रसाद घिमिरेको १ तले घर र गाइगोठमा सोमबार राति भएको आगलागी का कारण १५ लाख ८१ हजार बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार घिमिरेको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । उनको घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुन र चाँदीका बिभिन्न गरगहना र गोठ जलेर करिब १५ लाख ८१ हजार रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका बताएकोे छ ।
मंगलबार मध्यरातमा घिमिरेले घरमा आगलागी भएको १५ बजेर १५ मिनेटमा थाहा पाएको र गुहार मागेका थिए ।
घिमिरेको घर नजिकै अन्य घरहरु पनि रहेकाले सहयोग मिलेको थियो ।
आगलागी भएपछि छिमेकीले भैसी फुकाएर बाहिर पठाएका कारण पशुको क्षती हुन पाएन । भने परिवारका अन्य सदस्यहरु समेत आगलागीपछि बाहिर निस्केका थिए ।
शंखुका एक स्थानीयका अनुसार घिमिरेको घरमा रहेका भाँडाकुडा सबै जलेर नष्ट भएको थियो । आगलागीपछि सुनका केही गहना भने भेटिएको खबर छ ।
आगलागी नियन्त्रणको केही घण्टापछि ललितपुरको चौघरेस्थित प्रहरी चौकबिाट घटनास्थलमा प्रहरी पुगेको थियो । तुलनात्मक रुपमा भट्टेडाँडा प्रहरी चौकी नजिक भए पनि खबर नपाएको स्थानीय प्रहरीले ललितपुर ख्बरलाई बताएको थियो ।
सदरमुकामबाट झण्डै ४५ किलोमिटर टाढा रहेको विकट पहाडी भेग शंखुको भलडाँडामा पुल्चोकबाट दमकल पुग्न सम्भव नभएको एक स्थानीयले बताए । उनले भने, पहाडको कान्लामा दमकल जान कठीन थियो । साथै आगलागी भएका घरसम्म मोटर बाटो समेत थिएन ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ४९ बजे