२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु (अपराध समाचारहरु)


२८ पुस २०७७, मंगलबार  

0
Shares


२८ पुस ०७७, काठमाडौं । काभ्रे,पाँचखाल नगरपालिका ६ दुलालचोकस्थित सडकमा बा.२ख ६६०२ नम्बरको बसले बा.६ प७८३४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका ३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं बलम्बु एक पुरुष मृत अवस्थामा फेला
२८ पुस ०७७, काठमाडौं । चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्ने स्याङ्जा वालिङ नगरपालिका ५ डार्कोटका २८ वर्षीय देवबहादुर थापा सोही ठाउँ बलम्बुस्थित सडक किनारा नजिक नालामा मंगलबार मृत अवस्थामा फेला छन् ।

ढोरपाटन एक महिला मृत फेला

बाग्लुङ, ढोरपाटन नगरपालिका ९ भुसुन्डे बस्ने ३६ वर्षीया केशमाया पुन घरदेखि करिब १ किमि टाढा भुजी खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : २८ बजे