३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


खुमल्टारका युवकहरु बलात्कारको अभियोगमा पक्राउ




२२ चैत ०७७, ललितपुर । ललितपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ खुमल्टारस्थित गेष्ट हाउस बस्ने जुम्ला पाटारासी गाउँपालिका ६ घोडासिंह घर भएका १९ वर्षीय धिरेन्द्र रोकाया र कैलाली गौरीगंगा गाउँपालिका–८ समारीपुर घर भएका २६ वर्षीय सिताराम चौधरी रहेका छन् । उनीहरुले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपछि उनीहरुका सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।