
२२ चैत ०७७, काठमाडौं । ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका १४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको भनी निक्षेपकर्ताहरूले चैत ५ गते महानगरीय प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरीका आधारमा खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका १० बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पछि श्रेष्ठका सम्बनधमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
२२ चैत्र २०७७, आइतबार
0
Shares








प्रतिक्रिया