११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २६ जनामा कोरोना संक्रमण




२३ चैत ०७७, काठमाडौं । ललितपुरमा २६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा सोमबार थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा थप १३७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ९८, ललितपुरका २६ तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : १६ बजे