११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भिमफेदी र वकैयामा आगलागी एकको मृत्यु,लाखौंको क्षति



प्रतिकात्मक तस्बिर

२४ चैत ०७७, काठमाडौं । मकवानपुरको भिमफेदी र वकैयामा आगलागी हुँदा एकको मृत्यु भएको छ भने लाखौंको क्षति भएको छ । प्रहरीका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका ३ पारिपाखास्थित जङ्गलमा लागेको आगो फैलिदा ६९ वर्षीया हस्तमायाँ सिन्तानका मृत्यु भएको हो । उनको घर र गोठमा समेत आइतबार साँझ आगलागी हुँदा जलेर नष्ट भएको छ ।
साथै मकवानपुरको बकैया गाउँपालिका १२ निगाले बस्ने सोमार सिङ न्यासुरको घर र गोठ समेत आइतबार दिउँसो आगलागी हुँदा जलेर नष्ट भएको छ । घर र गोठ पूर्णरूपमा जलेपछि करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : २६ बजे