११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुकुटेमा पौडी खल्दा डुबेर युवकको मृत्यु




२३ चैत ०७७, सिन्धुपाल्चोक । भोटेकोशीमा ¥याप्टिङ चलाउदै आएको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित रिभर वई ¥याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका २ घर भएका १९ वर्षीय सुशिल भण्डारीको आइतबार साँझ यस रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई सदाबहार खाडीचौर हुँदै ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा लगिउको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डाक्टरलाई उदृत गर्दै प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जाकनारी दिएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ५२ बजे