११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको लैनचौरमा सुन र हिराको गरगहना चोरी




२४ चैत ०७७, काठमाडौं । काठमाडौंको लैनचौरमा सुन र हिराको गरगहना चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ लैनचौर बस्ने सरिता श्रेष्ठको घरबाट दराजको लक फोडेर नगद ६ लाख रुपैयाँ, १ थान घडी र सुन तथा हिराको बिभिन्न गहना समेत चोरी भएको जानकारी दिएको चोरीको प्रारम्भिक अनुसन्धानको क्रममा करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको प्रहरीको भनाई छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : ०४ बजे