१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा




२९ चैत ०७७, काठमाडौं । काठमाडौं शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरले २५ हजार लिटर पानी ओसारेको थियो । आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की व्याम्बी बकेटको प्रयोग गरिएको थियो । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घसंस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालगायतको समन्वयमा आगलागी नियन्त्रण गरिएको हो । हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ । साँझसम्ममा आगलागी नियन्त्रणमा आएको पोखरेलको भनाइ छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत हो ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।