१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको पेप्सिकोलामा पानी टयाङ्कीमा डुबेर मृत्यु




३० चैत ०७७, काठमाडौं । काठमाडौंको पेप्सीकोलामा एक वालिकाको डुबेर मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने दाङ देउखुरी गाउँपालिका ३ घर भएका राजेश चौधरीकी ५ वर्षीया छोरी रोशिका चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।
ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको हो ।
उनका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ४५ बजे