१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एम्बुलेन्स दुर्घटनामा ललितपुर देविचौरका चालकको मृत्यु, एक घाइते




२ वैशाख ०७७, झापा । एम्बुलेन्स दुर्घटना हुँदा ललितपुर देविचौर निवासी चालक उत्सव घिमिरेको मृत्यु भएको छ । एम्बुलेन्समा सबार देविचौरकै अर्का युवक सन्तोष तामाङ गम्भिर घाइते भएका छन् । झापा दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर एम्बुलेन्स चालक ललितपुरस्थित गोदावरी नगरपालिका वडा नम्बर ७ का गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
एम्बुलेन्समा सवार यसै ठाउँका २० वर्षका तामाङलाई बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दूधेस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको भनाई छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : ०५ बजे