१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोममा बन्यो कार्यालय भवन, प्रचण्डले उद्घाटन गर्ने




२ वैशाख ०७७,ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको छ । गाँउपालिकाको वडा नं.१ चौघरेमा नवनिर्मित यो भवन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वैशाख ३ गते शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतानले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले केही दिनअघि एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भवन उद्घाटनका लागि निम्तो दिएका थिए । अध्यक्ष सिंतानले भने,‘शुक्रबार पुर्वप्रधानमन्त्रीको हातबाट भवनको उद्घाटन हुँदैछ ।’
गाँउपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले भवन उद्घाटन कायृक्रमका लागि गाँउपालिकाले पुर्वप्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि, पुर्वअर्थमन्त्री वर्षमान पुनलाई विशेष अतिथि,प्रदेश सासंदहरु लालकुमारी पुन,राजकजी मर्हजन, दिनेश मर्हजन र चेतनाथ सञ्जेललाई अतिथीको रुपमा निम्ता गरिएको जानकारी दिए ।
कार्यालय उद्घानपछि नयाँ भवनबाट सेवा सुचारु हुने गाँउपालिकाले जानकारी दिएको छ । गाँउपालिकाका अनुसार गाँउपालिकाका केही शाखाहरु अहिले भवन रहेको ठाँउमा रहेनेछन् भने गाँउपालिका प्रमुख उपप्रमुखको कार्यकक्षलगायत मुख्य प्रसासनिक काम यसै भवनबाट हुनेछ ।
गाँउपालिकाले चौघरेस्थित वन क्षेत्रमा रहेको पुरानो कार्यालय रहेकै गाँउपालिकाको भवन निर्माणका लागि पहल गरे पनि वनको स्वीकृती नपाउदा बनाउन सकेको थिएन । यस स्थानमा कार्यालय बनाउन जग्गा प्राप्त नभएपछि नजिकै रहेको कृषिको जग्गामा भवन निर्माण गरिएको हो ।
गाँउपालिकाले भवन निर्माणका लागि४ करोड ३२ लाख ३८ हजार १ सय पचासी रुयौया १५ पैसा बजेट विनियोजन गरेकोमा टेण्डरमार्फत ३ करोड ६५ लाख ६४ हजार ५सय ७६ रुपैया ७७ पैसामा निर्माण गरेको गाँउपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले जानकारी दिए ।
गाँउपालिकाको भवन २ तला रहेको छ । भवनको अगागितर्फ बुद्धको मूर्ति राखिएको छ ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ११ : २५ बजे