१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रममा नबोलाएपछि सासद सिलवाल असन्तुष्ट




ललितपुर खबर
३ वैशाख ०७७, ललितपुर । दक्षिण ललिपुरको कोञ्ज्योम गाँउपालिकाको एक कार्यक्रममा निम्तो नदिएपछि पुर्वडिआईजी तथा ललितपुरका सासंद नवराज सिलवाल असन्तुष्ट बनेका छन् । शुक्रबार सामाजिक सञ्जालमा सासंद सिलवालले असन्तुष्टि व्यक्त गर्दै आफ्नै निर्वाचन क्षेत्रमा नबोलाएको भन्दै लेखेका हुन् ।
सासंद सिलवालले राजनीतिक संस्कार प्रवद्र्धन गर्न पछाडि परियो भने लोकतन्त्रमाथि आघात पर्ने सक्ने विषय उठान गरेका छन् । सासंद सिलावालले आफूलाई कार्यक्रममा बोलाउन आवश्यक नठाने पनि सफलताको शुभकामना दिएका छन् ।
केही दिनअघि सिलवालको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता मिनकृष्ण महर्जनको संयोजकत्वमा आयोजित गणेशमान चौथो खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको कार्यक्रममा पछि निम्ता दिएको थिएन ।

जिल्लामा फरक फरक पार्टीबाट राजनीति गर्ने नेताहरुले नेतृत्व गरेको सार्वजनिक कार्यक्रममा आफ्ना पार्टीका नेताहरुलाई
मात्रै बोलाउने संस्कारको सासंद सिलवालले विरोध गरेको बुझन सकिन्छ ।

यस्तो छ स्टाटस :


गाँउपालिकाले नवनिर्मित भवन उद्घाटन कार्यक्रममा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख अतिथीको रुपमा निम्तो दिएर बोलाएको थियो ।
गाँउपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले भवन उद्घाटन कायृक्रमका लागि गाँउपालिकाले पुर्वप्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि, पुर्वअर्थमन्त्री वर्षमान पुनलाई विशेष अतिथि,प्रदेश सासंदहरु लालकुमारी पुन,राजकाजी मर्हजन, दिनेश मर्हजन र चेतनाथ सञ्जेललाई अतिथीको रुपमा निम्ता गरिएको जानकारी दिए ।
गाँउपालिकाले चौघरेस्थित वन क्षेत्रमा रहेको पुरानो कार्यालय रहेकै गाँउपालिकाको भवन निर्माणका लागि पहल गरे पनि वनको स्वीकृती नपाउदा बनाउन सकेको थिएन । यस स्थानमा कार्यालय बनाउन जग्गा प्राप्त नभएपछि नजिकै रहेको कृषिको जग्गामा भवन निर्माण गरिएको हो ।
गाँउपालिकाले भवन निर्माणका लागि४ करोड ३२ लाख ३८ हजार १ सय पचासी रुयौया १५ पैसा बजेट विनियोजन गरेकोमा टेण्डरमार्फत ३ करोड ६५ लाख ६४ हजार ५सय ७६ रुपैया ७७ पैसामा निर्माण गरेको गाँउपालिकाका सूचना अधिकारी चित्रदेव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : १८ बजे