![](https://i0.wp.com/www.lalitpurkhabar.com/wp-content/uploads/2021/04/mudder-hatya-crime-DSC_2372-1.jpg?resize=720%2C518&ssl=1)
५ वैशाख ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बुलबुलेमार्गस्थित सडकमा भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।
४८ वर्षीया भाउजू रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । रोशनीलाई मोहनले फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रोशनीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएका मोहनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया