१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा ताम्रकार समाजद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मान




६ वैशाख ०७७, पाटन । ताम्रकार समाजले ललितपुरको पाटनमा जेष्ट नागरिक र विद्यार्थी सम्मान गरेको छ । पाटनमा ७८ वर्ष पुरा गरेका ३५ जना जेष्ठ नागरिक र एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उतीर्ण गरेका १ सय २५ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
ताम्रकार समाजद्वारा स्थापनाको स्वर्ण जयन्तीको अवसर पारेर ललितपुरको जावलाखेलमा जेष्ठ नागरिक तथा शैक्षिक सम्मान गरेको हो ।
समाजका पूर्व अध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्र राज ताम्रकारले ट्रफी, कदर पत्र एवं नगद पुरस्कारबाट सम्मान गरेका हुन् । यस अवसरमा शिक्षा उपसमितिका संयोजक प्रवल ताम्रकार, जेष्ठ नागरिक सम्मान उपसमितिका सदस्य र सन्तलाल ताम्रकारले मन्तव्य राख्नु राखेका थिए ।
नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकारले विद्यार्थी वर्गले आफ्नो पहिचान बचाइ राख्ने हो भने आफ्नो मातृभाषाको रक्षा गर्न सक्नुपर्ने बताएका थिए । उनले नेवाःहरुको मुद्दा तथा आन्दोलनमा ताम्रकार समूदायको योगदान उच्च रहेको भन्दै प्रशंशा गरेका थिए ।
समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्ण जयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिरहेको बताएका थिए । ताम्राकारले अग्रजहरुको त्याग परिश्रम मिहिनेतकै कारण समाजले आफ्नो स्वर्ण जयन्ती मनाउन सफल भएको बताउंदै उहांले भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्बद्र्धनमा ताम्रकार समाज सदा लागी परेको धारणा राखे ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ४७ बजे