१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यसरी ल्याइयो बज्रवाराहीको मूर्ति फिर्ता




ललितपुर खबर
७ वैशाख ०७७, चापागाँउ । सोमबार चापागाँउस्थित आगँछेमा बज्रबाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । छाउनीस्थित राष्ट्रिय संग्रालयमा राखिएको यो मूर्ति ५२ बर्षअघि चापागाँउस्थित बसपार्क नजिकै रहेको बज्रबारही मन्दिरको आगँछेका राखिएको थियो ।
बज्रवाराही मन्दिरका मुख्य पुजारी वासुदेव कर्माचार्य बज्रवाराहीको यो मूर्ति भक्तपुरका राजा ले बनाएको जनश्रृति उदृत गर्दै बताउछन् । भन्छन्, ‘२०२६ सालमा हराएपछि अर्को साल स्थानीयबासीसँग चन्दा उठाएर अर्को मूर्ति बनाइयो । २ वर्षपछि फेरि हरायो । २०४४ सालमा फेरि हरायो ।’


१ वर्षको प्रयासपछि मूर्ति फिर्ता ल्याइएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन बताउछन् । बज्रवाराही खः गुठी, पुरातत्व विभाग र नगरपालिकाको प्रयासमा फिर्ता ल्याइएको उनले ललितपुर खबरलाई बताए ।


मूर्तिका लागि साइरन सुरक्षा
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मूर्तिको सुरक्षाका लागि साइरन जडान गरिने बताए । उनले भने ‘हामी मूर्ति भएको ठाँउबाट बाहिर ग्रील राख्छौं । साइरन जडान हुन्छ ।’
मूर्तिको सुरक्षाका लागि कर्मचारी व्यवस्थ ागर्नेबारे नगरपालिकाले केही नसोचेको मयर महर्जन बताउछन् । ‘प्रहरीको गस्ती हुन्छ । पहरीबीट राख्ने बारे छलफफल भएको छ । तर निर्णय भने भएको छैन ।’ महर्जनले भने ।
मन्दिरका पूजारी बासुदेव कर्माचार्य भने मूर्ति चोरी हुनुअघिसम्म ३ जना आँगछेमा मूर्तिको रेखदेख गर्न राती सुत्ने गरेको बताउछन् । उनी भन्छन्, ‘जव रातमा सुत्न छोडियो । अनि मूर्ति चोरी भयो ।’
बज्रवाराही खः गुठीका राजभाई महर्जन मूर्तिको सुरक्षाका लागि गुठी सहयोगी हुने बताउछन् । मूर्ति राख्ने ठाँउमा चेनगेटसँगै सेन्सरमार्फत साइरन बज्ने व्यवस्था गर्न लागिएको उनले बताए । आवश्यक परे गुठीका सदस्य बस्न राजी रहेको उनको भनाई छ । भन्छन्, ‘सधैभरि बस्न परे पनि हामी यहाँ बस्छौं ।’
कोरोना सर्तकता
मूर्ति यात्राका क्रममा हजारौं स्थानीयबासी सहभागी भएका थिए । कोरोना माहामारीका बीच नगरपालिकाले सार्वजनिक सूचना गरेपछि सहभागी हुन आएकाहरुलाई केही निःशुल्क मास्क वितरण गरिएको थियो । सोमबारै मन्त्रीपरिषदले स्वास्थ्य मापदण्ड पालना गर्न कडाई गरिएको भएपनि सामाजिक दुरी कामय भने हुन सकेको थिएन । धेरै सहभागीको मुखमा मास्क थिएन भने निफिक्रि नाच्दै चिच्चयाउदै गरेको देख्न सकिन्थ्यो ।


मूर्ति प्रतिश्थापन यात्रामा भोज
ठेचोबाट मूर्ति यात्राका क्रममा ठेचोदेखि चापागाँउसम्म ठाँउ ठाँउमा पानी,पेय पदार्थ र समयबजीको भोज गरिएको थियो । ठेचोचोकमा जगतबहादुर स्र्मती गुठी । झ्यालीपाटीमा धर्म महर्जनद्वारा समय वजी,कोक फेण्टा,पिनट सहितको भोज गरिउको थियो । चापागाउको चोकचोकमा समेत स्थानीय बासिन्दाले पेय पदार्थ स्वतः स्फुत रुपमा वितरण गरेका थिए । ठेचोमा भेटिएका धर्म महर्जनले मूर्ति फिर्ता ल्याइएको खुशीयालीमा आफूले भोज खुवाएको बताए । भने, ‘यो हर्षको बेला म जति पनि खर्च गर्छु भनेर लागेको छु ।’


पूजामा संलग्न कर्माचार्य असहमत
बज्रवाराहीको मूर्ति आगँछेमा विना सुरक्षा ल्याएकोमा पूजामा संलग्न वासुदेव कर्माचार्यले असहमती जनाएका छन् । उनले भने, राम्रो सुरक्षा प्रबन्ध नगरी मूर्ति ल्याउन नहुने उनको भनाई छ । सुरक्षाकर्मी राखेर मात्रै आगँछेमा मूर्ति ल्याउन नगरपालिकालाई आफूले सुझाव दिएको कर्माचार्य बताउछन् । नगरपालिकाका सल्लाहकार समेत रहेका कर्माचार्य आफ्नो कुरा नसुनेपछि मूर्ति प्रतिश्थापनमा सहभागी भएनन् ।
मन्दिरका पूजामा संलग्न कर्माचार्यसँग सरसल्लाह नगरि विना सुरक्षा र पुजारीका लागि भत्ताको प्रवन्ध नगरी मूर्ति ल्याइएकोमा उनको असहमती हो । मन्दिरमा नित्य पूजा र आरती गर्नुपर्ने पूजा सामाग्री किन्न र दिर्घकालीन कर्माचार्यका लागि भत्ता व्यवस्था गर्नुपर्ने उनको माग हो । उनले भने, ‘यति लामो समय मैले पुजा गरे । मेरो पुस्तापछि दिर्घकालीन व्यवस्था भएन भने पुजा रोकिन्छ ।’ बज्रवाराही गुठीको जग्गा मोहियानी हकपछि मासिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २९ बजे