१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हतकडी सहित भागेका अभियुक्त पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

९ वैशाख ०७८, काठमाडौं । हतकडी सहित भागेका अभियुक्त काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ल्याइएका अभियुक्तहरुमध्ये हतकडी सहित फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १२ : ५१ बजे