ललितपुर खबर
१० वैशाख ०७७, सुन्धारा काठमाडौं । आजभन्दा ठिक ५ बर्षअघि महाभुकम्पले ढालेको ९ तले धरहरा अन्ततः ठडिएको छ । राजधानीको सुन्धरामा पुरानो धरहरासँगै नयाँ सिमेन्ट,ठण्डीसहित बनाइएको धरहरा टावरमा लिफ्ट समेत राखिएको छ ।
सरकाले पुरानो धरहरालाई सिसाको फ्रेममा सझाउने भएको छ । धरहरा चढ्न अव लिफ्ट चढ्नु पर्ने र त्यसका लागि शुल्क तिर्नुपर्नेछ । यस स्थानमा अण्डरग्राउण्ड पार्किङलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।
धरहराको एकाइस तलामा बसेर राजधानी हेर्न सकिन्छ । धरहरामा आल्मुनियक र शिशाको समेत प्रयोग गरिएको छ । राजधानीका सम्पदाप्रेमीहरुले भने पुरातात्विक महत्व रहेको धरहरालाई अलपत्र राखेर टावर बनाएको भन्दै विरोध गर्दै आएका छन् । धरहरा भोलि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेरौं केही दृश्यहरु :
प्रतिक्रिया