१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर, धादिङ र काभ्रेमा एक एक जना मृत फेला




११ वैशाख ०७७,भक्तपुर । भक्तपुर नगरपालिका ६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
धादिङ बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोलास्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी सोही गाउँपालिक –९ ज्यमिरेघाटस्थित त्रिशुली नदी किनारमा पनि तेहथुम चौथाक गाउँपालिका ८ घर भई हाल काठमाडौं बाफल डेरा गरी बस्ने ५० वर्षीय तेज बहादुर तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, मण्डनदेउपुर नगरपालिका १० श्रीचौर बस्ने ५८ वर्षीय गान्टु सार्की घर नजिकै नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ३४ बजे