१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलबाट नक्कली नोटसहित एक पक्राउ




१२ वैशाख ०७८, ललितपुर । ललितपुर क्षेत्रमा नक्कली नोटकोे कारोबार भइरहेको गोप्य सुचनाको आधारमा ललितपुर प्रहरीले ललितपुर महालक्ष्मी नगरबाट एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर ग्वार्खोबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटार गाँउपालिका ७ जैर घर भई हाल काठमाण्डौको माछापोखरी बस्ने बर्ष १९ को मुनबहादुर रावतलाई पक्राउ गरेको हो ।
राउतलाई शंका लागेपछि शरीर खानतलासी गर्दा उनको साथबाट १,०००÷–कोे नक्कली जस्तो देखिने नोट ५ थान रु.५,०००÷–(पाँच हजार) सक्कली नोट जस्तो देखिने जम्मा रु.५,५००÷– समेत फेला पारी निजलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
लिई सम्मानित ललितपुर जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा म्याद थप भई अनुसन्धान भई रहेका ललितपुर प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ३७ बजे