१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटारमा भिषण आगलागी




ललितपुर खबर
१६ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको प्युटारस्थित एक फर्निचारमा भिषण आगलागीपछि जलेर नष्ट भएको छ । विहीबार विहान २ बजे विद्युत् सर्ट भई आगलागी भएको आश्राङ्ग प्रहरी चौकीका सई रामदेव चौधरीले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
स्थानीय व्यावसायी रामहरि बजगाँई र हिराप्रसाद बजगाईको फर्निचर उद्योगमा लागेको आगो समयमै निभाउन नसक्दा आगो फैलिएको थियो । करिव ३ वजेको समयमा स्थानीय प्रहरीको सहयोगमा विहान ६ बजे आगलागी नियनत्रणमा लिइएको थियो ।
सई चौधरीका अनुसार फर्निचर उद्योगमा रहेको काठ, मेसिनहरु, पलंग, दराजलगायत फर्निचर र काठ जलेको छ । उनले भने, ‘करिव ३० लाखको क्षति भएको विवरण टिपेका छौं । घटनाबारे अनुसन्धान जारी छ ।’ आगलागीपछि जस्ताको टहरा भने केही भएको छैन ।
आगलागीका कारण कुनै मानविय तथा पशुको क्षति भने नभएको प्रहरीको भनाई छ ।
सदरमुकाम पाटनबाट प्युटार करिव ३५ किलोमिटर टाढा पर्छ । कच्चि र टाढाको बाटो भएको कारण यहाँसम्म दमकल पुग्न कठिन छ । मकवानपुरबाट पनि उती नै दुरी रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।