१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटारमा भिषण आगलागी




ललितपुर खबर
१६ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको प्युटारस्थित एक फर्निचारमा भिषण आगलागीपछि जलेर नष्ट भएको छ । विहीबार विहान २ बजे विद्युत् सर्ट भई आगलागी भएको आश्राङ्ग प्रहरी चौकीका सई रामदेव चौधरीले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
स्थानीय व्यावसायी रामहरि बजगाँई र हिराप्रसाद बजगाईको फर्निचर उद्योगमा लागेको आगो समयमै निभाउन नसक्दा आगो फैलिएको थियो । करिव ३ वजेको समयमा स्थानीय प्रहरीको सहयोगमा विहान ६ बजे आगलागी नियनत्रणमा लिइएको थियो ।
सई चौधरीका अनुसार फर्निचर उद्योगमा रहेको काठ, मेसिनहरु, पलंग, दराजलगायत फर्निचर र काठ जलेको छ । उनले भने, ‘करिव ३० लाखको क्षति भएको विवरण टिपेका छौं । घटनाबारे अनुसन्धान जारी छ ।’ आगलागीपछि जस्ताको टहरा भने केही भएको छैन ।
आगलागीका कारण कुनै मानविय तथा पशुको क्षति भने नभएको प्रहरीको भनाई छ ।
सदरमुकाम पाटनबाट प्युटार करिव ३५ किलोमिटर टाढा पर्छ । कच्चि र टाढाको बाटो भएको कारण यहाँसम्म दमकल पुग्न कठिन छ । मकवानपुरबाट पनि उती नै दुरी रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ५३ बजे