३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुलिखेल नगरपालिकाद्वारा कोभिड नियन्त्रण गर्न कोष खडा




१७ वैशाख ०७८, बनेपा । कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ । नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई कोभिड १९ का लक्षण देखिएमा वडा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । वडा ३, ४, ५, ६ र ७ मा कोरोना भाइरस सङ्क्रमण अत्यधिक देखापरेकोले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र सरकारको मापदण्ड बमोजिम भिडभाड र ठूला जमघट नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन आग्रह गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिए । नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनावश्यक घुमफिर, भेला तथा भोज जस्त कार्य नगर्न आग्रह गरेको छ ।
यसैबीच पनौती नगरपालिकाले वडा नं. १० मा कोरोनाको सङ्क्रमित बढी देखिएको भन्दै थप फैलन नदिन कन्टयाक्ट ट्रेसिङको काम भइरहेको हुँदा सो कार्य सम्पन्न नभएसम्मको लागि पूर्वमा पनौती विद्युत गृहको पुल, पश्चिममा किटनी फट्केश्वर रोशी खोला पुल, उत्तरमा कृषि सेवा केन्द्रसँगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल क्षेत्र शिल गरिएको जनाएको छ । वैशाख १४ र १५ गतेसो क्षेत्रमा २७ जनामा सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।