१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायण नपामा १०० बेडको आइसोलेसन सेन्टर



१९ वैशाख ०७७, चाँगुनारायण । भक्तपुर चाँगुनारायण नगरपालिकामा नेपाल इन्जिनियरिङ्ग कलेजको भवनमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।

काठमाडौंसहित उपत्यकाका तिनै शहर र देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर पारेको हो । सोही कलेजका कर्मचारीका अनुसार अहिले एउटा भबनमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा राखिएको छ ।

आइसोलेसन बेडमा बिरामीलाई चाहिने स्यानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा सो आइसोलेसन सेन्टर बनाइएको हो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  २ : ०३ बजे