१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपाल सुपर लिगमा ललितपुर फेरि बराबरीमा रोकियो



शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन काठमाडौँ रेजर्स र ललितपुर सिटी बीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै खेलाडी । तस्वीर : रोशन सापकोटा\रासस

१९ वैशाख ०७८, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज आइतबार भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।
खेलको १४औँ मिनेटमा पोखराका मौसा अब्बाले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोकोका थिए । खेलको २०औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठले अर्को गोल गर्ने अवसर गुमाए । खेलको ३९औँ मिनेटमा पोखराका नितिन थापाको प्रहार गोलकिपर कार्कीले विफल पारेका थिए भने ४२औँ मिनेटमा पोखराका मोउसाले गरेको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए । खेलको ५१औँ मिनेटमा ललितपुरका अञ्जन विष्टको गोल गर्ने प्रयासलाई विपक्षी खेलाडीले विफल पारे । यसैगरी खेलको ८१औँ मिनेटमा पोखराका मोउसाले गरेको गोलको प्रयास असफल भयो । खेलको ८६आँै मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले डिबक्स भित्रबाट गोलको प्रयास गरे । यो बल गोलमा भने परिणत हुन सकेन । बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ । पोखरा लिगको तेस्रो स्थानमा छ ।

ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ । लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५८ बजे