१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकै दिन काठमाडौंमा ३ जना मृत अवस्थामा फेला




१८ वैशाख ०७८, काठमाडौं । काठमाडौंमा छुट्टा छुट्टै स्थानमाएकै दिन् ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ गौरिघाट बस्ने नुवाकोट घर भएका ३७ वर्षीय अर्जुन अधिकारी यसै ठाउँस्थित गौरीघाट फलामे पुल नजिकै शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित सुस्मा पुडासैनीको लक्की स्पाको कोठाको भुइँमा नयाँबजार बस्ने ५९ वर्षीय राजमान प्रधान शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका २७ कमलाक्षीस्थित गणेशमन्दिर नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यी मृतकहरुका सन्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : १५ बजे