१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकी सासंद पुनको विवाह हुँदै



(तस्विर सामाजिक सञ्जालबाट लिइएको हो । )

२० वैशाख ०७८, ललितपुर । ललितपुरकी सासंद लालकुमारी पुन विवाह बन्धनमा बाधिने भएकी छिन् । सासंद पुनको विवाह दक्षिण ललितपुरको माहाकाँल गाँउपालिकाका वाईसिएल अध्यक्ष जीवन वाईवासँग इन्गेजमेन्ट भएसँगै विवाहको टुंगो लागेको हो ।
सासंद पुनको इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा शेयर भएसँगै विवाहको विषय सार्वजनिक भएको हो ।
ललितपुर क्षेत्र नं. १ क बाट वागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सासंद पुनको जन्म रोल्पामा भएको हो ।
एक वर्षअघि नै इन्गेजमेन्ट भइसकेको वाईसिएल अध्यक्ष वाइवाले बताए । भने,‘विवाहको मिती निश्चित भइसकेको छैन । यही २४ गते हुने सम्भावना छ ।’

ललितपुर भूगोलबाहिरबाट जनप्रतिनिधिको रुपमा आएको विषयमा बेलाबेलामा पुनको विषयमा टिप्पणी हुने गरे पनि अव भने विरोधिहरुको मुख टालिने भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : २८ बजे