१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा कोरोना महामारीकाबीच बजार अनुगमन




२१ वैशाख ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले कोरोना महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यवस्तुको मूल्यका बारेमा बजार अनुगमन गरेको छ ।
नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा विनायक फुड स्टोरमा मूल्य सूचिमा मूल्य व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरु भ्यासेलिन, चामल,खाने तेल, हल्दी साबुनलगायत जफत गरी नष्ट गरि नगरपालिकामा तीनदिन भित्र उपस्थित हुन निर्देशन दिइएको थियो ।
बिनायक किराना कन्सर्नमा म्याद नाघेको सामान चिकेन मसला, चिल्ली पाउडर, सुजिपिठो, पेश्ता जफत नष्ट गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको समितिका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।
जमुना किराना पसल, लक्ष्मी किराना पसल, सुन्दर भेज स्टोर, निरजको किराना पसल लगायतमा गरिएको अनुगमनमा मादकपदार्थ पसल नविकरण गर्नुपर्ने लगायत मिति नाघेका विभिन्न खाद्य एवं पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ०५ बजे