
२२ वैशाख ०७८, ललितपुर । ललितपुरमा निषेधाज्ञा उल्लंघन गर्ने सात जनालाई प्रहरीले कारबाही गरेको छ।
कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न लगाइएको निषेधाज्ञाको उल्लंघन गर्नेलाई प्रहरीले सामान्यत होल्ड गर्ने गरेको छ। मंगलबारमात्रै बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म १३ हजार २ जनालाई होल्ड गरेको थियो ।
उनीहरूलाई प्रहरीले होल्ड गरी सम्झाइबुझाइ छाडेको हो। तर पटकपटक भन्दा पनि अटेरी गर्ने सात जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरिवाना तिराइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरू पुल्चोक, सानेपा र चापागाउँ क्षेत्रका हुन्।
अहिले उनीहरूलाई एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ।
त्यसैगरी, १४२ वटा दुई पाङ्ग्रे र ३७५ वटा चारपाङ्ग्रे गरी जम्मा ५१७ वटा सवारीसाधन पनि होल्ड गरिएको हो।








प्रतिक्रिया