१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञामा दक्षिण ललितपुर : विवाह र भतेरमा भीड




ललितपुर खबर
२२ वैशाख ०७८, चापागाँउ । निषेधाज्ञाको समयमा दक्षिण ललितपुर हुने विवाह उत्सवपूर्ण रुपमा मनाउने गरिएको पाइएको छ । श्रोतका अनुसार गएको विवाहको साइतहरुमा सम्पन्न विवाहमा भीडभाड रहेको थियो ।
यस क्षेत्रमा हुने गरेको विवाहमा सहभागीले मास्क समेत नलगाई उपस्थित हुने गरेको छ । गाउँको साँधुरो ठाउँमा आयोजित विवाह उत्सवमा २ सयभन्दा धेरै सहभागी हुने भएपछि भौतिक दुरी भने सम्भव नै छैन ।
गत वैशाख १९ गते ललितपुरको इकुडोलबाट प्युटार जन्त गएको एक सहभागीले यहाँ आयोजित विवाहमा २ सयको हाराहारीमा सहभागी रहेको बताए । उनले भने, ‘विवाहमा ज्यादै भीड थियो ।’ यस विवाहमा वागमती गाउँपालिकाका प्रमुख विरबहादुर लोप्चन समेत सहभागी भएको उनले बताए । अर्का सहभागीले भने, ‘भीडभाडपूर्ण विवाह नियमन गर्नुपर्ने निकायका प्रमुख समेत विवाहमा सहभागी भएपछि गाउँलेले कुरा काट्ने नै भए ।’
विवाहमा केटी पक्षले सबै आफन्त र गाउँले निम्तालुहरुलाई बोलाएर विवाह गर्ने गरेको देखेपछि कतिपय आफन्तहरु सहभागी हुन इन्कार गर्ने गरेको पाइएको छ ।
धेरै आफन्तहरु बेहुलाको विवाहमा भए नगए पनि हुन्थ्यो । केटीे पक्षको विवाहमा नजाँदा दक्षिणा दिन गाह्रोले नआएको भन्ने वात लाग्ने डरले सहभागी हुने गरेको एक सहभागीले बताए ।
दक्षिण ललितपुरको विवाहमा जन्त जाने बेलामा केटा पक्षले मापदण्ड पुरा गरेको पाइए पनि भोज भतेरमा उस्तै भीड रहने सहभागीहरुको भनाई छ । कतिपय ठाउँमा दुईसयको हाराहारीमा आगन्तुक भेला हुने गरेका छन् । कतिपय सहभागीहरुले सामान्य मास्क समेत प्रयोग नगरेको सहभागीहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार प्रशासनसँग अनुमती लिएर १५ जनाको संख्यामा विवाहको लागि जान पाइने बाध्यकारी अवस्था भएको कारण जन्त जाने गाडीमा भने मापदण्ड पुरा गरिएको छ । तर अघि पछि मोटरसाइकलमा जाने अन्य व्यक्तिहरुको संख्या भने उल्यख्य रहने गरेको छ ।
दक्षिण ललितपुरको घुसेलमा सम्पन्न विवाहमा पनि उत्तिकै भीडभाडपूर्ण रुपमा सम्पन्न भएको एक युवकले ललितपुर खबरलाई बताए ।

विवाहमा अत्याधिक भीडभाड भएपछि दक्षिण ललितपुरमा कोरोना संक्रमण बढ्ने चिन्ता बढेको एक युवकले बताए । उनले भने, ‘अहिले वास्ता नगरी भीडभाड गरिएको छ । केही दिनमा गाउँमा कोरोना संक्रमण बढेपछि सबैको चेत खुल्छ होला ।’
देशभर निषेधाज्ञामा जनजीवन प्रवावित भइरहेको सन्र्दभमा दक्षिण ललितपुरको जनजीवनमा भने खासै प्रभाव नपरेको एक युवकले बताए । उनले भने,कृषिमा आधारित अर्थतन्त्र भएका कारण पनि प्रभाव छैन । गाउFघर पसल पनि साखै बन्द नभएको उनले बताए । चापागाउँसम्म मोटरसाइकल पनि आउजाउ भइरहेको उनको भनाई छ ।

आइसोलेसनमा रहेका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले १५ जनाभन्दा धेरै सहभागी रहेका विवाह रोकिने बताए । उनले भने, यस्ता अपराध काम गर्नेहरुलाई हामी अनुगमनपछि पक्राउ गरेर थुन्छौं । कोरोना फौलाउने जो कोहीलाई कारवाही गर्ने प्रमुख निरौलाको भनाई छ ।
प्रहरीको आँखा सबै ठाँउमा नपुग्ने तर अनुगमनलाई अझ तिब्रता दिने उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।