१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँंगुनारायणको एकान्तबासमा विरामी बस्न थाले



२३ वैशाख ०७८,भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज ९नेक० दुवाकोट चाँंगुनारायण भक्तपुरको एकान्तबास केन्द्र ९आइसोलेसन०मा कोरोनाका विरामी राख्न सुरु भएको छ । पहिलो पटक चाँंगुनारायण नगरपालिका वडा ६ खरिपाटी नगरकोटमा पसल भएका काभ्रेको मण्डन देउपुर नगरपालिकाका एक जोडी दम्पती वसेपछि यो एकान्तबास सुरु भएको हो । अहिलेसम्म त्यहाँं चार जना विरामी वस्न थालेका छन् । अर्का दुई जना पनि एउटै परिवारका आमा छोरा रहेको जनाइएको छ ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले चाँंगुनारायण नगरपालिकाको व्यवस्थित एकान्तवास केन्द्र ९कोरोना १९ आइसोलेसन सेन्टर० को रुपमा सञ्चालनमा आएको जनाए । केन्द्र राख्नका लागि नेकले आफनो कार्यक्रम हललाई प्रयोग गर्न दिएको उनले स्पष्ट पारे । चाँंगुनारायण नगरपालिका खरिपाटी भक्तपुर, बागमति प्रदेश नेपालले आइसोलेसन केन्द्रको वन्दावस्त गरेको उनले जनाए ।
आइसोलेसन केन्द्र केही दिन अगाडि नै तयार भएको थियो । तर पनि पानी र शौचालयको पर्याप्त व्यवस्था नरहेकोले विरामीहरु बुधबारदेखि मात्रै राख्न थालेको हो । हाल पहिलो चरणमा ४३ पुरुष र सात जना महिलाका लागि वेड तयार भएको छ ।
नेकको सहकार्यमा त्यहाँं एकान्तबास केन्द्र राखिएको हो । त्यसको संयोजनको जिम्मेबारी नेकलाई दिएको छ । नेकले त्यसका लागि स्थानीय कर्मचारी मनोहर खनाललाई जिम्मेबारी सुम्पेको छ । जिम्मेबारीकर्ता खनालले विरामीले खानाको लागि आफूले नै पैसा तिर्नुपर्ने बताए । त्यसबाहेकका अरु सेवासुविधा निःशुल्क पाउने उनले स्पष्ट पारे ।
आइसोलेसन केन्द्रको सुरक्षाका लागि नेपाली सेना खटिने जनाइएको छ । त्यसका लागि जिल्ला प्रशाशन कार्यालय भक्तपुरले वन्दोवस्त मिलाइसकेको जनाइएको छ ।

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरी एकान्तबास केन्द्र तयार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ३ : ४३ बजे