१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा भेटिए १५९ अक्सिजन सिलिण्डर, ४ अस्पतालमा बाँडियो




२३ वैशाख ०७८, ललितपुर । ललितपुरका विभिन्न स्थानमा १५९ वटा अक्सिजन सिलिण्डर फेला परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुरका अनुसार प्रयोगविहिन अवस्थामा फेला परेका यी सिलिण्डर जिल्लामा ४ वटा अस्पताललाई वितरण गरिएको छ ।
महानगरिय प्रहरी परिसर जावलाखेलका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान(पाटन अस्पताल)लाई ५० थान, किष्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रवाराही चापागाँउ अस्पताल १० थान, अल्का अस्पताल १५ थान वितरण गरिएको छ ।
ललितपुरभर कोरोना माहामारीको दोश्रो लहरपछि यी अस्पतालहरुमा विरामीको चाप बढेको र कोरोना नियन्त्रणका लागि अक्सिजन सिलिण्डर आवश्यक भएको भन्दै डिसिसिएमसिको बैठकले निर्णय गरि अक्सिजन सिलिण्डर वितरण गरको हो ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी निरिक्षक प्रज्वल महर्जन,स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलाल र घरेलु तथा साना उद्योग विभागका प्रमुखलगायतले अक्सिजन प्लान्टहरुको अनुगमन गरेका थिए । साथै डिसिसिउमसि बैठकले जिल्लामा रहेका थन्केर बसेका अक्सिजन सिलिण्डर अस्पतालहरुलाई उपलव्ध गराउन समेत अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : ४४ बजे