१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना माहामारी लम्बिएसँगै खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका




२५ वैशाख ०७८, मकवानपुर । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर फैलिदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरुआत गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको मौज्दातको अनुगमन गरी विवरण दैनिक रुपमा प्रकाशन समेत गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको र यसपछि पनि थपिने सम्भावना रहेकोले नगरको जनसङ्ख्यालाई धान्न सक्ने खाद्यान्नको लेखाजोखा शुरु गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । हाल नगरको जनसङ्ख्या करिब ५० हजार रहेको बताइएको छ ।
संङ्क्रमणका कारण थाहा नगरपालिकासहित जिल्लाको चार स्थानीय तहमा निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामा खाद्यान्नसहित अत्यावश्यकीय सामान ढुवानी गर्न छुट दिइएको छ । यही मौका छोपेर व्यापारीले कालोबजारी गर्ने र कृत्रिम अभावको सिर्जना हुन नदिन बजारमा खाद्यान्नको अवस्थाबारे अनुगमन गरिएको नगर प्रमुख विष्टको भनाइ छ । हाल मुख्य बजारमा चामल(सोना) १०९४ बोरा, चामल(जिरा)२१२८ बोरा, दाल(मास)५६ बोरा, दाल(मसुरो) १३० बोरा, तेल(तोरी) ५४ कार्टुन, तेल(भटमास) ३०८८ कार्टुन र चिनी ९९ बोरा मौज्दात रहेको नगरपालिकाले जनाएको छ । “अहिले बजारमा खाद्यान्नको अभाव छैन, किनेर खान नपाइने अवस्था आएमा नागरिकहरुले जुनसुकै बेला हामीलाई गुनासो गर्न सक्छन् । हामी किन्ने ठाउँ देखाइदिन्छौं ।” सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले भने ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।