१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अक्सिजन सिलिन्डर खोज्दै भक्तपुर प्रहरी



फाइल तस्बिर

२६ वैशाख ०७८, भक्तपुर । कोभिड–१९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डरको खोजी थालेको छ । महामारीका वेला स्वास्थ्य क्षेत्रबाहेकमा प्रयोग भइरहेका सिलिन्डरहरू संकलन गरेर बिरामीको उपचारमा प्रयोग गर्दा ज्याउ बचाउन सकिने भन्दै प्रहरीले यस्तो अभियान थालेको हो ।

जिल्लाका स्वास्थ्य क्षेत्रबाहेक जस्तैः उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रसमेतमा रहेका त्यस्ता अक्सिजन ग्यास सिलिन्डरहरू खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

प्रहरीले यदि कसैसँग खाली तथा भरी सिलिन्डरहरू रहेको र प्रयोगविहीन रहेको भए उपलब्ध गराउनसमेत आग्रह गरेको छ । त्यसरी संकलन भएका सिलिन्डर प्रहरीले अस्पतालहरूलाई वितरणसमेत गर्न थालेको छ । गत बिहीबार लोकन्थलीस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा बिरामीहरूले प्रयोग गरिरहेको अक्सिजन सिलिन्डर सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी पाएपछि बिरामीहरूका आफन्तबाट जानकारी पाउनेबित्तिकै प्रहरीले १२ थान सिलिन्डर उपलब्ध गराएको डिएसपी गिरीले जानकारी दिए ।

अहिलेसम्म भक्तपुर अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल र अल्का अस्पतालमा समेत भर्पाई गरी सिलिन्डरहरू पठाइएको छ । भक्तपुर इन्टरनेसनल अस्पतालका लागि १२, भक्तपुर अस्पतालका लागि ५५, अल्का अस्पतालका लागि तीन र नेपाल–कोरियामैत्री अस्पतालका लागि २५ थान सिलिन्डर गरी जम्मा ९५ थान सिलिन्डर कोरोना संक्रमितहरूको उपचारका लागि उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ०५ बजे