१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ४ हजार १९८ जना कोरोना सक्रमित




२६ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा ३ हजार १६१ जना, ललितपुरमा ५३३ जना र भक्तपुरमा ५०४ जना कोरोना संक्रमित फेला परेका हुन् ।
आइतबारसाँझ अघि २४ घण्टाको अवधिभर देशभर ८ हजार ८५० भने जना कोरोना संक्रमित फेला परे । यस अवधिभर ८२ जनाको मृत्यु भएको छ । अन्य समय र नीति तथ्याङ्क समेत गणना गर्दा मृतकको संख्या ८८ जना रहेको मन्त्रालयको भनाई छ ।
यस अवधिमा १८ हजार ७८७ जनाको कोरोना संक्रमण परिक्षणपछि यो तथ्याङ्क आएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०७ बजे