१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरीद्वारा ललितपुरका अस्पताललाई २३० अक्सिजन सिलिण्डर वितरण



संकलित सिलिण्डर अस्पताल लैजाने क्रममा गाडीमा राखिदै । लेन्स ः नेपाल प्रहरी

ललितपुर खबर
२७ वैशाख ०७८, ललितपुर । ललितपुर प्रहरीले जिल्लामा विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरु खोजेर अस्पताललाई वितरण गरेको छ ।
ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यको अगुवाईमा ललितपुरका बिभिन्न उद्योग, कवाडी,वर्कसप,धातुजन्य काम गर्ने स्थलमा प्रयोग बिहिन अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरू संकलन गरेर अस्पतालहरुलाई वितरण गरेको हो ।
महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार २ सय ३० वटा संकलित अक्सिजन सिलिण्डरहरु विभिन्न अस्पतालमा वितरण गरिएको हो ।
प्रवक्ता महर्जनका अनुसार पाटन अस्पताललाई ८० वटा,किस्ट अस्पताल ५० वटा,बज्रबाराही चापागाँउ अस्पताल १० वटा,अल्का अस्पताल १५ वटा,सुमेरु अस्पताल १० वटा,स्टार अस्पताल २० वटा,मेघा अस्पताल २० वटा, गणेशमान सिंह अस्पताल १० वटा र ललितपुर महानगरपालिकाबाट संचालित बागडोल स्थित वृद्दाश्रममा रहेको आइसोलेशन सेन्टरलाई २० वटा वितरण गरिएको छ ।
पछिल्लो समय ललितपुरका अस्पतालमा कोरोना संक्रमणका बिरामीको चाप अत्यधिक बढेपछि उपचारको क्रममा अत्यावश्यक अक्सिजन सिलिण्डरको अभाव समेत छ ।
विभिन्न उद्योग कारखाना तथा घरहरुबाट समेत प्रहरीले माहामारीको संकटको समयमा अनुरोध गरेर अक्सिजनको सिलिण्डर लिएको प्रवक्ता प्रज्वल महर्जनले ललितपुर खबरलाई जानकारी दिए । उनले भने, ‘माहामारी अन्तय भएपछि हामी सबै सिलिण्डरहरु सम्बन्धित उद्योग कलकारखानाहरुलाई फिर्ता गर्छौं ।’
ललितपुर स्वास्थ्य कार्यालयका उपेन्द्र अर्यालले विभिन्न अस्पतालबाट स्वास्थ्य कार्यालयमा अक्सिजनका सिलिण्डरहरु माग भइआएका लिस्टको आधारमा सम्भव भएसम्म धेरै सिलिण्डरहरु उपलव्ध गराइएको जानकारी दिए । उनले भने, ‘यो सबै डिसिसिएमसिको आइतबार रविहीबारको बैठक अनुसार भएका हुन् ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ०१ बजे