१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु




२७ वैशाख ०७८, भक्तपुर । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
लु २ ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो।

आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट राजाराम सुवाल गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सुवालको अस्पतालमा उपचारको क्रममा सोमबार सवा १ बजे मृत्यु भएको हो ।
प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ। टिपर चालक लमजुङका घर भई काभ्रे बनेपा नगरपालिका वडा नम्बर १३ साँगा बस्ने ३५ वर्षीय टार्जुन गुरुङ छन्।

उनी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन्।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : २२ बजे