२७ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो। ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन्।
सो परीक्षणबाट नेपालभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, यसंक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ जना निको भइसकेका छन्। काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० छन्।
संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।
कोरोना संक्रमणबाट काठमाडौंका ८६३ जना, ललितपुरका २४७ जना र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया