१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालुवाटारमा राष्ट्र बैंकको भवन बनाउने क्रममा खसेर मृत्यु




२७ वैशाख ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने सिरहा लहान नगरपालिका ९ घर भएका ५० वर्षीय बिन्देश्वर चौधरीको नेपाल राष्ट्र बैँक परिसरमा निर्माणाधिन भवनमा डण्डी बाँध्ने क्रममा खसेर सोमबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार भवनको ६ तलामा काम गर्ने क्रममा उनको अचानक खसेर गम्भीर घाइते भएको अवस्थामा उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।