१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा साइकल दुर्घटना,एक जनाको मृत्यु




२७ वैशाख ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित सडकमा साईकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर एक युवकको मृृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो यस स्थानमा दुर्घटना हुँदा साइकलमा सवार सिपाडोल बस्ने दोलखा मेलुङ गाउँपालिका ३ घर भएका मदन राज थापाको १० वर्षीय छोरा करुण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालक सिपाडोल बस्ने १३ वर्षीय सुरेश घतानीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ४० बजे