१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठमा चक्कु गरेर लुटपाट




२८ वैशाख ०७८, बुढानिलकण्ठ । बुढानिलकण्ठमा चक्कु प्रहार गरेर लुटपाट गरिएको छ । यस नगरपालिका १० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती महिलालाई चक्कु प्रहार गरी घाईते बनाई रेमिटबाट नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५९ बजे