१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरद्वारा टिकाथलीमा कोरोना युनिट संचालन




३० वैशाख ०७८,इमाडोल ललितपुर । महालक्ष्मी नगरपालिकाले १० शैया क्षमताको कोरोना हाइ केयर युनिट सञ्चालन गरेको छ । महालक्ष्मी नगरपालिकाद्वारा टिकाथलीस्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलसँगको सहकार्यमा बुधबाबाट “कोरोना हाइ केयर युनिट” गतवैशाख २३ गते भएको सम्झौताअनुसार यो युनिट सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
टिकाथली वडा नं. ५ का वडाध्यक्ष राजकुमार सिलवाल का अनुसार अहिले यस युनिटमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । वडाध्यक्ष सिलवालले भने, ‘हामी २० जनासम्म यस युनिटमा विरामी राखेर उपचार गराउने तयारीमा छौं ।’
वडाध्यक्ष सिलवालले नेपाल सरकारबाट प्राप्ट हुने प्रति शैयाको ३ हजार पाँच सय रुपैयाँ नगरपालिकाले ग्यारेण्टी बस्ने र बाँकी अन्य खर्च नगरपालिकाले व्यर्होनेछ ।
महालक्ष्मी नगरपालिकाको वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलमा सोही नगरपालिकाका गम्भीर प्रकृतिका कोरोना संक्रमितहरूको उपचारार्थ गराउँदै आएको छ ।
यस नगरपालिका र केयर एण्ड क्युर हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा.प्रेम देवानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार केयर एण्ड क्यूर मल्टीस्पेशलिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिका भित्रका कोरोनाका विरामीहरूलाई अक्सिजन थेरापीसहितको केयर सर्भिस उपलब्ध गराउनेछ र सेवा प्रदान गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क अस्पतालले शोधभर्ना पाउने छ ।
हाललाई कोराना हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमश बढाइदै लगिने पालिकाले जनाएको छ । नगर प्रमुख श्रेष्ठले विरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताएका छन् । अक्सिजन सपोर्ट आवश्यक पर्ने नगरभित्रका गम्भीर प्रकृतिका कोरोना संक्रमितहरूलाई यो सेवाबाट राहत मिल्ने विश्वास उनले व्यक्त गरेका छन् । कोरोना हाईकेयर आइसोलेसन युनिट सञ्चालनमा आवश्यक सहयोग, समन्वय एवम् सुपरभिजनका लागि नगरपालिकाबाट मेडिकल अधिकृत डा.दिपेश उप्रेतिको संयोजकत्वमा स्वास्थ्य प्राविधिक टोलि खटाइएको नगरपालिका जनाएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : ०९ बजे