१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा चिनियाँ खोपको दोस्रो डोज जेठ ६ गतेबाट लगाइने



फाइल तस्बिर

१ जेठ ०७८, ललितपुर । काठमाडौं र ललितपुर महानगरपालिकाले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन्।

जिल्ला खोप समन्वय तथा अनुगमन समिति ललितपुरको शुक्रबारको निर्णयअनुसार २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई ६ जेठमा दोस्रो डोज दिइनेछ ।
त्यस्तै, २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ ।

त्यस्तै, १ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ ।

खोप लगाउन बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र आवश्यक गरिएको छ ।

यस्तै काठमाडौं महानगरपालिकामा प्रत्येक वडामा एक–एक खोपकेन्द्र तोकिएका छन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले यो अवधिमा पहिलो डोज लिएका थिए।

२५ देखि २८ चैतसम्म पहिलो डोज लगाएकालाई २ जेठमा तथा २९ र ३० चैतमा पहिलो डोज लिएकालाई ३ जेठमा दोस्रो डोज लगाइनेछ।

त्यस्तै, ३१ चैत र २ वैशाखमा पहिलो खोप लगाएकालाई ४ जेठमा तथा ३ र ४ वैशाखमा पहिलो खोप लगाएकालाई ५ जेठमा दोस्रो डोज दिइने छ ।

५ र ६ वैशाखमा पहिलो डोज लिएकालाई ६ जेठमा, ७ देखि १० वैशाखसम्म पहिलो खोप लगाएकालाई ७ जेठमा, ११ र १२ वैशाखमा पहिलो डोज लिएकालाई ८ जेठमा तथा १३, १४ र १५ वैशाखमा पहिलो खोप लिएकालाई क्रमशः ९, १० र ११ जेठमा दोस्रो डोज दिइनेछ ।

२५ चैतपछि पहिलो डोज लगाए पनि संक्रमण पुष्टि भएका तथा अहिले लक्षण देखिएका व्यक्तिलाई महानगरले दोस्रो डोजको अभियानमा सहभागी नगराउने भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  २ : ३४ बजे